तुइन खोलाको पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकस्थित तुइन खोला नजिकै झरेको पहिरो पन्छाएसँगै बिहीबार रातिबाट दुईतर्फी सवारी आवागमन सञ्चालन भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो पहिरो खसेसँगै यातायात आवागमन ठप्प बनेको थियो ।
नारायणगढ-मुग्लिन सडकमा राति पौने ११ बजेबाट दुई तर्फी गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालयले जनाएको छ । यससँगै अहिले रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाउन थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ २३:१९
प्रतिक्रिया दिनुहोस्