धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या
धनुषा । धनुषाको मिथिला-बिहारी नगरपालिका-९ स्थित अण्डुपट्टीमा स्थानीय स्तरमा वादविवाद हुँदा गोली प्रहारबाट वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ ।
साँझ साढे ६ बजे यादवमाथी गोली प्रहार भएको थियो । लगत्तै यादवलाई प्रादेशिक अस्पताल जनकुपरमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा वडाध्यक्ष यादवसँगै स्थानीय रामवरण यादव र दिपेन्द्र यादव घाइते भएका छन् ।
गोली प्रहार गर्नेको भने पहिचान खुल्न नसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ २२:२८
प्रतिक्रिया दिनुहोस्

