Mero Chitwan
चितवन राइनोजका प्रशिक्षक आलम भन्छन्- जितलाई निरन्तरता दिन्छौं

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को आजको खेलमा चितवन राइनोजले कर्णाली याक्समाथि ४ विकेटको जित निकाल्दै सुखद सुरूआत गरेको छ । 

जितपछि चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सन्तुलित टोली भएकाले जित हासिल भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने,“नेपाली र विदेशी खेलाडी मिलेर बनेको हाम्रो टोली सन्तुलित छ । जितको निरन्तरतालाई कायम राख्छौँ । ”

मिडल ओभरमा राम्रो साझेदारी आवश्यक हुँदा आफना खेलाडीले राम्रो खेलेको उनले बताए । उनले भने,“रबि बोपारा र सैब जैबले पनि राम्रो ब्याटिङ गरे ।  विदेशी र घरेलु खेलाडी राम्रो भएकाले आगामी दिनमा पनि राम्रो नतिजा आउँछ ।”

पहिलो खेलमा हार ब्यहोरेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले आजको हारबाट धेरै कुरा सिकिएको र अब गल्ती नदोहोरिने प्रतिक्रिया दिए । उनले भने,“हामीले ब्याटिङ र बलिङ दुवै युनिटमा राम्रो गर्न नसक्दा चितवनसँग हार ब्यहोर्न पुग्यौंँ । ओपनर प्रियान्क पञ्चलले राम्रो गरिरहँदा अन्य ब्याटरले साथ दिन नसक्नुले पनि  पहिलो इनिङमा २०  रन कम भयो । त्यसले गर्दा चितवनलाई चेज गर्न सजिलो भयो ।” 

कप्तान कामीले अझै  खेल बाँकी रहेको र उत्कृष्ट  कमब्याक गर्ने आशा व्यक्त गरे ।  उनले भने, “आजको कमीकमजोरी सच्याएर पुरागमन गर्नेमा २०० प्रतिशत ढुक्क छु ।”  कर्णालीलाई जितेको चितवन राइनोजले २ अङ्क जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update