आरसीबीको विजय उत्सवमा भागदौड हुँदा १० जनाको मृत्यु
बुधबार, जेठ २१, २०८२

पूर्वसभामुख अग्नि सापकोटामाथि ज्यान मुद्धामा अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
बुधबार, जेठ २१, २०८२
सर्वोच्च अदालतले पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दामा अनुसन्धान अघि बढ्ने गरी परमादेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संयुक्त इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने निर्णय खारेज गरेको हो ।

नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने
बुधबार, जेठ २१, २०८२
के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।

कान्तिलोकपथ आजदेखि चार दिन बन्द
बुधबार, जेठ २१, २०८२
कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बाग्मती गाउँपालिका–२ वगुवास्थित बाग्मती खोलाको पुलको दुवै खण्ड गत असोज ११ र १२ गते वाढीले बगाएको थियो ।

राइड सेयरिङ नियमावली एक महिनाका लागि कार्यान्वयन गर्ने गण्डकी सरकारको निर्णय
मंगलबार, जेठ २०, २०८२
एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुन: कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताएका छन् । यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताए ।

यातायात व्यवसायीको आन्दोलन फिर्ता
मंगलबार, जेठ २०, २०८२
सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका कार्यक्रम सबै स्थगित भएको बताए । उनले थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने पनि बताए ।

रत्ननगर १२ को नीति तथा कार्यक्रम : सार्वजनिक स्थलमा सीसी क्यामेरा तथा फ्री वाईफाई
मंगलबार, जेठ २०, २०८२
वडास्तरीय भेलाको आयोजना गरी सो वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो । चोक–चोकमा सिसी क्यामेरा र सार्वजनिक स्थलमा फ्री वाइफाइसहित ९९ वटा योजना सार्वजनिक गरिएको हो ।

काठमाडौं प्रशासनले थप तीन ठाउँलाई घोषणा गर्यो निषेधित क्षेत्र
आइतबार, जेठ १८, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । यी क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।

सोमबार उपत्यका बन्द गर्ने राजावादीको घोषणा
आइतबार, जेठ १८, २०८२
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै सोमबार उपत्यका बन्दको घोषणा गरेका हुन् ।

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
आइतबार, जेठ १८, २०८२
आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।