Mero Chitwan
बालेन्द्रलाई साक्षी राखेर रवि-कुलमान सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उच्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको छ । 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई साक्षी राखेर दुबै पार्टीबीच एकता भएको हो । ऊर्जामन्त्री कुलमान घिसिङलाई रास्वपामा दोस्रो वरीयतासहित उपसभापति पद दिइने भएको छ । बालेन्द्र शाहलाई साक्षी राखेर कुलमानलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयता दिइएको छ ।

सहमतिको बुँदा नम्बर ४ मा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने ।' यस्तै कुलमान रास्वपाकै चुनाव चिन्हमा लड्न सहमत हुनुभएकाे छ ।

rabi-kulman-sahamati-1767025192.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update