Mero Chitwan
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले भने-ममाथिको आरोप राजनीतिक पूर्वाग्रह र षड्यन्त्रमुलक हो गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता...
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ?
विद्यार्थी भिसा अन्तर्वार्ता रोक्न विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन, कति प्रभावित हुन्छन् नेपाली ? विदेशमन्त्री मार्को रुबियोले अर्को निर्देशन जारी नहुञ्जेलसम्म विद्यार्थीको नयाँ भिसा अन्तर्वार्ता रोक्न निर्देशन दिनुभएको हो । पहिल्यै तय भइसकेका भिसाको अन्तर्वार्ता भने यथावत् रहने जनाइएको छ । यो कदम राष्ट्रपति ट्रम्पले उच्चस्तरीय विश्वविद्यालयहरूसँगको आफ्नो विवाद तीव्र बनाइरहेका बेला आएको हो । 
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ
अफ्ताब आलमले पाए उच्च अदालतबाट पाए सफाइ रौतहटमा भएको बम विस्फोटमा दोषी ठहर भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ । उच्चले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर रिहा गर्न आदेश दिएको हो। 
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल  झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जनाएका हुन् । एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।
धार्केमा पुल भासिदा यातायात दुईतर्फी अवरुद्ध
धार्केमा पुल भासिदा यातायात दुईतर्फी अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के नजिकै सोप्याङ खोलामाथी रहेको पुलको एकापट्टिको भाग भासिँदा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेकाहरुलाई ठक्कर दिई थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको घरभित्र  पसेर दुर्घटना भएको हो ।
भारतमा कोभिड सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता
भारतमा कोभिड सङ्क्रमण फैलिँदै, नेपालमा उच्च सतर्कता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै उच्चस्तरीय बैठक सम्पन्न भइसकेको जनाएको छ ।
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्।
Weather Update