एयर इन्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रु भन्छन्- चमत्कार भयो
बिहीबार, जेठ २९, २०८२
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि दुर्व्यवहार
बिहीबार, जेठ २९, २०८२
नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूलाई दुर्व्यवहार गरेका हुन् । बहुमतका कार्यकर्ताले वीरगञ्जस्थित अस्थायी इजलासमै पुगेर न्यायाधीश थारूमाथि मोसो फालेको प्रहरीले जनाएको छ ।

भारतको अहमदावादमा २ सय ४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना
बिहीबार, जेठ २९, २०८२
विमानमा चालक दलका १२ सदस्य र २ सय ३० यात्रु रहेको बताइएको छ । दिउँसो १ बजेर ३८ मिनेटमा उडान भरेको जहाज २ मिनेटपछि नै खसेको थियो । विमानमा १ सय ६९ भारतीय, ५३ बेलायती, पोर्चुगलका ७ र क्यानडाका एक यात्री रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान खसेलगत्तै ७...

हेलिकोप्टरमार्फत् उद्धार गरेर यसरी बँचायो नर्भिकले जनकपुरकी महिलालाई
बुधबार, जेठ २८, २०८२
जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि नर्भिक अस्पतालले हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ।

विश्वकप लिग–२ : नेदरल्यान्ड्समाथि नेपालको सनसनीपूर्ण जित
बुधबार, जेठ २८, २०८२
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको सनसनीपूर्ण जित निकालेको हो ।

काठमाडौँ महानगरपालिकाले प्रयोग गरेको खानेपानीमै कोलिफर्म भेटियो
मंगलबार, जेठ २७, २०८२
महानगरपालिकामा पिउने पानी आपूर्ति गरिरहेको सी. एन. इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।

आमाको नामबाट नागरिकता लिन सकिने व्यवस्था सहज बनाइँदै
मंगलबार, जेठ २७, २०८२
आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुनी व्यवस्थामा रहेको झन्झट हटाउँदै अब आमाले स्वघोषणा गरेमा बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था गरिएको विधेयक संसदीय समितिले पारित गरेको छ । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सरकारले ल्याएको नागरिकता विधेयक पारित गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
मंगलबार, जेठ २७, २०८२
सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन्।

बेलायत पठाइदिने भन्दै ११ करोडभन्दा बढी ठगी गर्ने दुईजना पक्राउ
सोमबार, जेठ २६, २०८२
पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा-१० घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली, सबेला नपा-१२, धनुषा घर भई हाल काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली मध्यरातमा काठमाडौं उत्रिए
सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्टमा परेका ३७ जना नेपाली मध्यरातमा काठमाडौँ उत्रिएका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काइएको हो ।

नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो।

तुलसीपुरमा बस दुर्घटना हुँदा ३० जना घाइते
आइतबार, जेठ २५, २०८२
दाङको तुलसीपुर-१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।