Mero Chitwan
चितवनमा तीन कृतिको एकसाथ विमोचन

चितवन । चितवनमा तीन कृतिको एकसाथ विमोचन गरिएको छ । कालिका नगरपालिकाको कालीगण्डकी साहित्य परिषद्द्वारा आयोजित ल चिरञ्जीवी दाहालको निबन्ध सङ्ग्रह “ अज्ञात यात्रा " , गणेश शर्मा पौडेलको काव्य “दृश्यावलोकन” र गोविन्दराज - गोपिका देवी शर्मा स्मृति ग्रन्थको विमोचन गरिएको हो ।  

यी तीन वटै कृति कालीगण्डकी साहित्य परिषद् चितवनले प्रकाशन गरेको हो । कार्यक्रममा डा. केशवराज चालिसेले दृश्यावलोकन , प्रा. कपिल अज्ञातले “ अज्ञात यात्रा " र चिरञ्जीवी दाहालले ” गोविन्दराज - गोपिका देवी स्मृति ग्रन्थको बारेमा चर्चा गरेका थिए भने सम्मानित व्यक्तित्व डि आर पोखरेलको व्यक्तित्व र कृतित्वका बारेमा डा. एकनारायण पौडेलले प्रकाश पारेका थिए ।

    कार्यक्रममा भाषा, साहित्य, अनुसन्धान र साहित्यिक पत्रकारिताको क्षेत्रमा लामो समयसम्म क्रियासिल साहित्यकार डि आर पोखरेललाई “कालीगण्डकी साहित्य सम्मान -२०८२" द्वारा सम्मान गरिएको थियो । परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि तथा महाकाव्यकार लकाश शर्मा पौडेल प्रमुख अतिथि र केशवराज आमोदी, डा. धनेश्वर भट्टराई, पूर्णप्रसाद अधिकारी, धनराज गिरी, राजेन्द्र घायल, होमनाथ घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा विभिन्न कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए । परिषद्का उपसभापति चिरञ्जीवी दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा परिषद्का सहसचिव टिकाराम पराजुलीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update