Mero Chitwan
भीमफेदीमा सुमो दुर्घटना, छ जनाको मृत्यु

चितवन-–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update