Mero Chitwan
फणीन्द्र देवकोटामाथि कारबाही नगर्न सर्वोच्चको आदेश
फणीन्द्र देवकोटामाथि कारबाही नगर्न सर्वोच्चको आदेश सर्वोच्चको आदेशमा भनिएको छ, ‘गण्डकी प्रदेश सभाको सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०८१–०२–३२ को सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्नू, नरागनू तथा निवेदनकलाई गण्डकी प्रदेश सभा सदस्यको हेसियतमा कार्यरत रहन दिनू...
कालिका नगरपालिकाले सुरु गर्यो  लम्पी स्किन विरुद्धको निःशुल्क खोप अभियान
कालिका नगरपालिकाले सुरु गर्यो लम्पी स्किन विरुद्धको निःशुल्क खोप अभियान चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर
एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो
भरतपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, कस्ता छन् प्राथमिकता ?
भरतपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, कस्ता छन् प्राथमिकता ? रोजगार प्रवर्द्धन, पर्यटन, कृषि तथा खेलकुदको विकासलाई प्राथमिकता दिँदै भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट सार्वजनिक गरेको छ । नगरपालिको आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको हो ।
आज यी प्रदेशमा हुनेछ भारी वर्षा
आज यी प्रदेशमा हुनेछ भारी वर्षा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने
बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११  जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दर्ता
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरुमाथि अख्तियारले सार्वजनिक संस्थाको सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाएको छ
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्नुको अर्थ भगाउने नियत हो ?
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्नुको अर्थ भगाउने नियत हो ? नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा आपत्ति जनाएका छन् । 
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै
मुख्यसचिव वैकुण्ठ अर्यालसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दै अन्त:शुल्क छपाइमा हिनामिना भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । अख्तियारको टोली अहिले विशेष अदालतमा पुगेको छ । 
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको सम्भावना आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई
नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा 
रत्ननगरले ल्याउने बजेटमा पर्यटन प्रमुख प्राथमिकतामा  चितवनको रत्ननगर नगरपालिकाले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा पर्यटनलाई प्रमुख प्राथमिकता दिने भएको छ । ्देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगर नगरपालिकाले पर्यटनलाई प्राथमिकता दिने भएको हो । 
Weather Update