Mero Chitwan
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी

काठमाडाै- आइसीसी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी  सार्वजनिक  भएकाे छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  सोमबार साँझ एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे । 

नेपालले दोस्रो पटक टि-२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी तयार पारेको हाे । आगामी जुन महिनामा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ ।

नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update