Mero Chitwan
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ । बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो ।
इच्छाकामना गाउँपालिकाद्वारा तीन वटा कृषि एम्बुलेन्स सञ्चालन
इच्छाकामना गाउँपालिकाद्वारा तीन वटा कृषि एम्बुलेन्स सञ्चालन कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै  बजारसम्म पुर्‍याउन इच्छाकामना गाउँपालिकाले कृषक समूहलाई अनुदानमा तीन वटा कृषि एम्बुलेन्स उपलब्ध गराएको छ । गत आर्थिक वर्ष र चालु आवको बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
असार १६ गतेदेखि चितवन निकुञ्जमा सफारी बन्द हुने
असार १६ गतेदेखि चितवन निकुञ्जमा सफारी बन्द हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले  मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रँने, जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए । 
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ । 
चितवनमा मगई  खोलाले बगाउँदा एक जना बेपत्ता
चितवनमा मगई खोलाले बगाउँदा एक जना बेपत्ता चितवनको माडीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । आज दिउँसो १:२० बजेको समयमा माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रण बहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ
जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ
लमजुङमा गएराति पहिरो खस्दा चारजनाको मृत्यु
लमजुङमा गएराति पहिरो खस्दा चारजनाको मृत्यु पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताउनुभयो । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन्
पृथ्वी राजमार्गको विजयपुरखोला नजिक सडक भत्कियो, एकतर्फी आवागमन
पृथ्वी राजमार्गको विजयपुरखोला नजिक सडक भत्कियो, एकतर्फी आवागमन सडकको दायाँतर्फ करिब ५ मिटर लम्बाइ र डेढ मिटर चौडाइ सडक घट्टेकुलोको पानीले कटान गरी भत्काएको हो । सडकको छेउ भत्किएपछि सडकको बायाँतर्फ वैकल्पिक सडक खोलेर एकतर्फी रुपमा सवारी आवागमन खुलाइएको छ
अविरल वर्षाले विराटनगर जलमग्न
अविरल वर्षाले विराटनगर जलमग्न  हिजोदेखि परेको अविरल वर्षाले विराटनगर जलमग्न हुन थालेको छ । बिराटनगर महानगरपालिकाका ११, १२, १६, १७ र १८ वडाका अधिकांस भाग जलमग्न भएका छन् । मध्यरातिदेखि परेको पानीले अधिकांश वडा डुबानमा परेका छ्न्
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु
 कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु  कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर-३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका-१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै
भरतपुरको फुटसलमा माडीका युवक मृत भेटिए, प्रहरीले अनुसन्धान गर्दै भरतपुर–७ गौतमचोकस्थित चितवन फुटसल एन्ड स्पोर्ट्स जोन भित्रको कोठामा एक जना युवक मृत फेला परेका छन् । माडी नगरपालिका–६ बस्ने २३ वर्षिय अखिल सापकोटा घोप्टो परेर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
Weather Update