Mero Chitwan
बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन,प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं : प्रतिनिधि सभाको बैठकको अवरोध हटाउने उपायको खोजीमा लागेका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्। उनले सदन सुरू गर्नेबारे प्रमुख  सचेतकसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायतको बैठक बसेको थियो। तर बैठक निष्कर्षविहीन बनेको छ।

नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update