Mero Chitwan
राष्ट्रिय सभा उपाध्यक्षका लागि गठबन्धनकातर्फबाट  विमला घिमिरे  र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनकातर्फबाट नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारिएको छ । यस्तै नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ । नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएसँगै माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

आज मनोनयन दर्तापछि भोलि पौने १ बजे राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update