फैलँदै 'मासु खाने' ब्याक्टेरियाको संक्रमण, कति घातक छ यो ?
आइतबार, असार १६, २०८१
आरजुसहित किन पुगे देउवा बालकोट ?
शनिबार, असार १५, २०८१
एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
कमेडी च्याम्पियन्सको उपाधि सुनील खड्कालाई
शनिबार, असार १५, २०८१
शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार प्राप्त गरेका छन्।
२४ घण्टामा विपद्जन्य घटनामा परी १० जनाको मृत्यु, तीन घाइते
शनिबार, असार १५, २०८१
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
शनिबार, असार १५, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ
देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
शनिबार, असार १५, २०८१
भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो
बागलुङमा दम्पती घरसहित पहिरोमा पुरिए
शनिबार, असार १५, २०८१
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीक पक्राउ
शुक्रबार, असार १४, २०८१
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एसईई २०८० : चितवनमा ५५ प्रतिशत पास, सामुदायिकको नतिजा निराशाजनक
शुक्रबार, असार १४, २०८१
२०८० को माध्यमिक शिक्षा परीक्षामा चितवनबाट सहभागी विद्यार्थीमध्ये ५५ प्रतिशत उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार साधारण तथा प्राविधिक गरी १० हजार ६ सय १५ विद्याथी एसईईमा सहभागी भएकामा ५ हजार ९ सय ७५ जना अर्थात् ५५ दशमलब ७६ प्रतिशत उत्तीर्ण भएका हुन् ।

