Mero Chitwan
हेटौंडामा तीन दिने कला महोत्सव हुँदै

हेटौंडा- हेटौंडामा मानवसेवा आश्रम समर्पित हेटौंडा कला महोत्सव हुने भएको छ । सटर्डे प्लेन एयरको आयोजनामा जेठ ३ गते देखि ५ गतेसम्म हेटौंडा कला महोत्सव हुन लागेको कला व्यवस्थापक दिवेश मान प्रधानले जानकारी दिए ।

कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवी मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवादलगायतका कार्यक्रम हुनेछन् । हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदासँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले यो महोत्सवको परिकल्पना गरिएको आयोजकले जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरका प्रमुख ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचिनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्नु आयोजकको उद्देश्य रहेको छ । प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब दुई हजार जनाले हेर्ने अनुमान आयोजकको छ । कार्यशाला करिब ३ हजार जनाले साक्षात्कार गर्नेछ र सामाजिक संजाल मार्फत करिब ५० हजार जनाले अवलोकन गर्ने विश्वास विश्वास लिएको आयोजकको छ ।

कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ कलाकार ५ र शनिवारीय कला अभियानका २० जना र हेटौंडा मकवानपुरका स्थानीय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने छ । हेटौंडा उपमहानगरपालिका भित्र रहेका पुरातात्विक महत्वका सम्पदाहरुको चित्रकला मार्फत दस्तावेजीकरण हुनेछ ।मानव सेवा आश्रमलाई सयोगार्थ हुन लागेको कार्यक्रमबाट उठेको रकम ५० प्रतिशत मानव सेवा आश्रमलाई हुने आयोजकले जनाएको छ । साढे ६ लाख खर्चको अनुमान गरिएको कार्यक्रममा ५ जना वरिष्ठ कलाकारको उपस्थिति रहने छ । महोत्सवको जेठ ३ गते सिद्धार्थ माविको हलमा उद्घाटन भइ भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला समापन हुनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update