Mero Chitwan
ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

ललितपुर : कान्ति लोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए । 

‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिनवाल पूर्ण रूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुंगाले  ग्याबिनवालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ,’ उनले भने । 

मर्मतसम्भारका लागि ०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टा मात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update