
रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५४ कराेड ६५ लाखकाे बजेट सार्वजनिक गरेको छ । १७ औं नगरसभामा उपमेयर यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका हुन् । पर्यटनमार्फत् राेजगारी सृजना गर्ने गरी शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट ल्याइएको हो।
बजेटमा संघीय समानिकरण अनुदान १७ करोड ८९ लाख, संघीय राजश्व बाँडफाँड १३ करोड ४० लाख, संघीय सर्सत अनुदान चालूतर्फ ३६ करोड ८२ लाख, संघीय सर्शत पुँजीगत २ करोड ८८ लाख, संघीय विशेष अनुदान ६८ लाख, संघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समानीकरण अनुदान १ करोड ८९ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश राजश्व वाँडफाँड ६ करोड २२ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख, प्रदेश सशर्त पुँजीगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजश्व बाँडफाँट घरजग्गा रजिष्ट्रेशन दस्तुर ९ करोड, आन्तरिक स्रोतबाट १४ करोड ५२ लाख, मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ ।