चितवनका किसानले अझै पाएनन् दूधको ७० करोड भुक्तानी
बुधबार, जेठ २३, २०८१
अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण
सोमबार, जेठ २१, २०८१
भरतपुर–७ कृष्णपुरस्थित अंकुरम एकेडेमीमा सामुदायिक विद्यालयका आधारभूत तह शिक्षकका लागि पाँच दिने संगीत प्रशिक्षण सम्पन्न भएको छ
सौराहालाई 'हनिमुन सिटी' बनाउन सांसदहरुको माग
सोमबार, जेठ २१, २०८१
कांग्रेस सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।
हुरीका कारण चितवनको केराखेतीमा १२ करोडको क्षति
आइतबार, जेठ २०, २०८१
हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको जनाएका हुन् ।
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते
आइतबार, जेठ २०, २०८१
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो
चितवनमा भिषण हावाहुरी, एक जना घाइते, दर्जनौं पोल ढल्दा विद्युत अवरुद्ध
शुक्रबार, जेठ १८, २०८१
रत्ननगर नगरपालिका वडा नम्बर ४ देवौलीमा आफ्नै घर भत्किएर च्याप्दा १६ वर्षीय सुरज माली घाइते भएका हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु
शुक्रबार, जेठ १८, २०८१
चितवन एक्स्पो सेन्टर भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु भएको भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक्सपोको उद्घाटन गर्नुभएको छ
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
बिहीबार, जेठ १७, २०८१
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
टिकौली जंगलभित्र एक पुरुषको शव फेला,पहिचान खुल्न बांकी
बुधबार, जेठ १६, २०८१
प्रहरीका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए


