Mero Chitwan
टिकौली चौरमा कृष्णसार ल्याउने प्रक्रिया अन्तिम चरणमा

रत्ननगर : नेपालमा अतिदुर्लभ मानिएको कृष्णसार टिकौली चौरमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्व र व्यवस्थापनमा सञ्चालन हुन लागेको कृष्णसार संरक्षण तथा व्यवस्थापन समितिको निर्णयअनुसार विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान कार्य सम्पन्न भएसँगै कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

उनका अनुसार नौ लाख रूपैयाँबराबरको लागतमा जिल्ला वन कार्यालय चितवनले कृष्णसारलाई पानी पिउनका लागि पोखरी निर्माण गरिदिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कृष्णसार स्थानान्तरण गर्ने निर्णय भइसकेकोले अब ल्याउने प्रक्रिया मात्र बाँकी रहेको इन्जिनियर कुँवरले बताए ।

रत्ननगरको गौरवको योजनाअन्तर्गत छवटा भाले र १२ पोथी गरी १८ वटा कृष्णसार स्थानान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र विद्युतीय तारबार जडान कार्यसमेत सम्पन्न भैसकेको नगरप्रमुख प्रलाद सापकोटाले बताए ।
यही चैत ७ गतेदेखि इलेक्ट्रिक फेन्स लाइनमा विद्युत् प्रसारण गरिने भएकाले सो क्षेत्रमा प्रवेश नगर्न नगरवासीलाई उनले आग्रह गरेका छन् । नगरवासीलाई सचेतनाका लागि जरूरी सूचना प्रकाशित÷प्रसारित गरिसकिएको उनले जानकारी दिए ।

रत्ननगर नगरपालिकास्थित बरान्डाभार संरक्षित वनअन्तर्गतको दक्षिण–पूर्वी भागमा पर्ने १९.८३ हेक्टर वनक्षेत्र यस योजनाले समेटेको छ । यस क्षेत्रको उत्तर र पश्चिमतर्फ बरान्डाभार संरक्षित वनक्षेत्रमा पर्दछ भने दक्षिणमा पूर्व–पश्चिम राजमार्ग रहेको छ । पूर्वमा खगेरी खोला तथा पञ्चकन्या सामुदायिक वन रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update