Mero Chitwan
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

चितवन-चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालयले आज विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहमा मुद्दा दर्ता गरेको हो।

गत फागुन १२ गते रत्ननगरको एकता शिशु निकेतनको छात्राबास कोठामा १४ वर्षीया शालीन पोखरेल सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उक्त घटनामा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै मृतकका बाबु दीपेन्द्रले विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध किटानी जाहेरी दिएका थिए। शालीनको पोस्टमार्टम रिपोर्टले भने उनको हत्या नभएर आत्महत्या भएको पुष्टि गरेको थियो। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update