Mero Chitwan
शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा

चितवन : चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रधानाध्यापक बालहरि देवकोटा ३ लाख र सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा दुई दूई लाख ५ लाख धरौटीमा रिहा भएका हुन् ।

उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले फागुन १२ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update