मेरो चितवन
एकता शिशु निकेतन निर्वाध सञ्चालनको वातावरण बनाउन अभिभावक संघको अपिल

चितवन–संस्थागत विद्यालय अभिभावक संघ चितवन जिल्ला कार्य समितिले अबका दिनमा एकता शिशु निकेतन निर्वाध रुपमा विद्यालय सञ्चालन हुने  वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै विद्यालय सञ्चालनको वातावरण निर्माण गर्न स्थानीय प्रशासन, विद्यार्थी संगठन, राजनीतिक दललगायतका सम्पूर्ण सरोकारवाला पक्षलाई अपिल गरेको हो । संघले शैक्षिक सत्रको अन्तिम समयमा भएको शालिन पोखरेलको मृत्यु घटनाबाट विद्यालयको शैक्षिक वातावरणमा खलल पुगेको र विद्यार्थीहरु परीक्षा तयारी तथा अन्य शैक्षिक गतिविधिबाट समेत वञ्चित हुनुपरेको स्थितिबारे पनि उल्लेख गरेको छ ।

संघले शालिन पोखरेल मृत्यु घटनाबारे छिटोभन्दा छिटो निष्पक्ष अनुसन्धानमार्फत् सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीका लािग पनि अपिल गरेको छ। 

sathagat-bidhyalay-1710000262.jpg

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०