Mero Chitwan
काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौँ — काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत मोन्टीको प्रशिक्षक नियुक्ति सार्वजनिक गरेको हो । 

मोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यही क्रममा नेपालले विश्वकप लिग-२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।

गत फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किने भएका हुन् । ‘नेपाल सँधैं घर जस्तो महसुस भएको छ, यहाँका मानिसहरु, उनीहरुको भावना र उनीहरूको क्रिकेटले मलाई धेरै तरिकाले मलाई लय दिएको छ,’ मोन्टीले गोर्खाजको विज्ञप्तिमा भनेका छन्, ‘एनपीएल सिजन का लागि काठमाडौं गोर्खाजसँग फर्कनु केवल एउटा अवसरमात्र होइन, यो एउटा यात्राको निरन्तरता हो, जुन म गहिरो रूपमा कदर गर्छु ।’

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update