Mero Chitwan
नेपालले जित्यो एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि

काठमाडौं । एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । 

यसअघि सिंगापुरले  नेपालसामु १ सय १४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ४० ओभर ५ मा सबै विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो ।

इनिङ्सको दोस्रो बलमै आहान बुथान्दमलाई डकआउटमा गुमाएको सिङ्गापुरका लागी रोहन अस्टिन अरूणले सर्वाधिक २३ रनको योगदान दिए । कप्तान रियान नाइकले १५ बनाए । 

अन्तिम विकेटका रूपमा आकाश तेजा र वेदांश गुप्ताले २५ रनको साझेदारी गरेपछि सिङ्गापुरले १ सय रनको आकडा पार गरेको थियो । आकाश १० रनमा आउट भए । वेदांश १२ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएन सकेनन् ।

सिङ्गापुरलाई रोक्न नेपालका लागी सुसिल रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन शर्माले १ विकेट लिए । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update