Mero Chitwan
बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ ।  सोमबार बसेको  मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।

उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको जनाइएको छ ।  उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।

सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update