Mero Chitwan
एसियन कपमा पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उज्वेकिस्तानसँग ४-२  ले पराजित

काठमाडौं– एसियन कप २०२६ छनोटअन्तर्गत उज्वेकिस्तानसँगको निर्णायक खेलमा पराजित भएसँगै नेपालको एसियन कप पुग्ने सपना अधुरै रहेको छ । 

निर्धारित समय ३–३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा नेपाल ४-२ले पराजित भयो । 

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै बराबरीमा ल्याएको थियो । नेपालका लागि तीनै गोल कप्तान साबित्रा भण्डारीले गरेकी हुन् । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update