Mero Chitwan
लामखुट्टे भगाउन ‘क्रेट’ बाल्दा...
लामखुट्टे भगाउन ‘क्रेट’ बाल्दा... दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । 
भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम
भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरेको छ । 
राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन आज
राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन आज राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ ।  माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि निर्वाचन हुन लागेको हो। 
डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु
डोल्पा डढेलो घटना : तीन सैनिकको मृत्यु मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण  दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका  प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । 
विक्रम बाबा पूजा एवं मेलाको औपचारिक शुभारम्भ, पूजा गर्न साँझ ६ बजेसम्मको समय निर्धारण
विक्रम बाबा पूजा एवं मेलाको औपचारिक शुभारम्भ, पूजा गर्न साँझ ६ बजेसम्मको समय निर्धारण चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि औपचारिक रुपमा  विक्रम बाबा पुजा एवं मेला सुरु भएको छ । मेला एवं पूजाको  भरतपुर महानगरपालिका उप प्रमुख एवं मेला आयोजना मूल समारोह समितिका संयोजक चित्रसेन अधिकारीले पूजा आराधना गरी शुभारम्भ गरेका हुन् । प्रत्येक वर्ष चैत कृष्ण औँशीको दिनदेखि शुरु भएर वैशाख पूर्णिमासम्म मेला...
भारतमा जीप दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका
भारतमा जीप दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नेपाली नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा रहेका छन् । 
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।  एमाले, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन् ।
चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव
चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण आँखा पोल्ने, श्वासप्रश्वास बढ्ने, छाला चिलाउने लगायतका समस्या देखिन थालेका छन् ।
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री दाहाल
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ
आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए ।झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ
Weather Update