Mero Chitwan
गजल  : ताजा बनायौ जवानी

गजल 

नुहाएर ताजा बनायौ जवानी

बनी प्रीत मेरी सुनायौ कहानी ।

अँधेरी निशा नै भयो दीप्तिमा नै

तिमी छौ त साथै छ छुट्टै बिहानी ।

नबोलूँ म बोलूँ भनूँ के म प्यारा !

उधारेर लज्जा बनायौ सिरानी । 

कतै कंश भैयो कि मज्जा लिँदामा

भयो चोट क्या हो नहोस् है रिसानी।

कसैले दियो प्यारको कुञ्ज बेग्लै

फल्यो जिन्दगानी फुल्यो जिन्दगानी ।

चितवन 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update