Mero Chitwan
तीन मुक्तक 


१ .
आफैं माली भएर प्रकृतिलाई जवाफ के दिऊँ 
बाेटहरूले  मागे  मसँगभने  निसाफ  के दिऊँ 
सबैका  प्रेमीले  दिए  तिमीले दिएनाै भन्छ्याै
प्रेमदिवसमा चुँडेर डालीबाट गुलाफ के दिऊँ ।

२.
दाइएका  गाेरु  वनतिर  पसे  छाडा साँढे सत्तामा छन्
गैंडाले  एउटा  कैंडा  आउँदैन  हात्तीहरू  मत्तामा छन्
कतै नभाकाे जात्रा हाँडीगाउँमा कतिवर्ष चल्छ कुन्नि
राजदरबारकाे स्यालहुइँया छ राजा र रानी पत्तामा छन् ।

३.
हिजाे थियाे आज छ पछि पनि बारम्बार हुन्छ 
समाचार बनाउने मान्छे  आफैं समाचार हुन्छ 
जनतालाई भेंडाझैं  धपाएँ  भनी मक्ख नपर्नू
भेंडाहरुबाटै  गाेठालामाथि  पलटवार हुन्छ ।

 चितवन

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update