Mero Chitwan
रौतहटको इशनाथ नगरपालिकामा किन लाग्यो कर्फ्यु ?

रौतहट-जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् । यसअनुसार पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

ईशनाथ नगरपालिका-७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच भएको झडपमा केही स्थानीय घाइते भएका छन् । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झडप र साम्रदायिक सद्भाव बिग्रिन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update