Mero Chitwan
ठोरी नाका खुलाउन भरतपुर महानगरको पहल, भ्रमण वर्षमा पर्यटकलाई माडी घुमाइने

चितवन : भरतपुर भ्रमण वर्ष नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले ठोरी नाका खुलाउन पहल सुरु गरेकाे छ ।

वसन्तपुर युथ क्लबद्वारा आयोजित ‘माडी क्रिकेट कप-२०८०’ को समापन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले नाका खुलाउन महानगरले पत्राचार गरेको र छिट्टै ठोरी नाका खुला हुने बताइन् । उनले  भरतपुर भ्रमणमा आएका पर्यटकहरुलाई माडी पनि घुमाउने योजना रहेको जानकारी दिइन् । 

माडीको विकासका लागि आफूले सबैसँग हातेमालो गर्ने भन्दै उनले पर्यटन र कृषि क्षेत्रमा माडीको राम्रो भविष्य रहेको बताइन् । रीउ करिडोरलाई माडीको दीर्घकालीन योजनाको रुपमा अगाडि बढाउन सघाउने उनको प्रतिबद्धता थियो ।

renu-1708188278.jpg

प्रमुख दाहालले निकुञ्जभित्र सडक निर्माण प्रक्रियाका कागजातहरु वन र भौतिक पूर्वाधार हुँदै अर्थ मन्त्रालयमा पुगेको जानकारी पनि दिइन् । निकुञ्जभित्र वातावरणीय प्रभाव मूल्यांकन–ईआईए र डीपीआरका लागि आवश्यक कागजात वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको उनले बताइन् । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि काम अगाडि बढ्ने उनले जनाइन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update