Mero Chitwan
रूपा पौडेलका तीन मुक्तक

 १. अब गल्दैन यो मुटु जति गलाए पनि 
बिथोलिदैन सास जति ढलाए पनि ।
यस्तै छ बलेको आगो ताप्ने यो दुनिया 
फेरि बल्दैन खरानी जति जलाए पनि ।

 २. मरिसक्यो मानवता अब जून-घाम मार्नुपर्छ 
रातो रगत छातीमा लिपेर थर-नाम बार्नुपर्छ ।
सृष्टिको श्रृङ्गारमा मोसो पोतेर ठाँटिएका छन् 
धर्ती पनि छोइयो सबै अब अन्तै ठाम सार्नुपर्छ ।

 ३. नमरुन्जेललाई हो जिन्दगी मरेपछि खै को फर्केर आयो 
सम्झनाका भेल उर्लिएसँगै पिडाको आँसु जो दर्केर आयो ।
पत्तो छैन आफैलाई खै कति कमायौ ठेलमेल गरेर अरुलाई 
कर्मको खाता पल्टाउदै जाँदा घाटाको जिन्दगी पो चर्केर आयो ।

ललितपुर

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update