Mero Chitwan
बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो
बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो     चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।
वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ ।  
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । 
नेप्से चार वर्षयताकै उच्च बिन्दुमा
नेप्से चार वर्षयताकै उच्च बिन्दुमा नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । बजार लगातार बढ्न थालेसँगै नेप्सेको बजार आकार पहिलोपटक ५० खर्ब रुपैयाँ पुग्दै नयाँ रेकर्डसमेत राखेको छ । मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ बिन्दुमा आएको थियो । नेप्सेले एक वर्षअघिको उच्च बिन्दु पार गरेको हो।
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति
शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आयो मौद्रिक नीति नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर शेयर किनबेच र आवास कर्जाको सीमा बढाउँदै आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट...
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो
दैलेखमा नेपालीलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटियो दैलेखमा नेपालीहरूलाई ५० वर्षसम्म पुग्ने मिथेन ग्यास भेटिएको छ ।  दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका क्रममा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको चीनको एसएनपीसी सीबु इन्जिनियरिङको प्रारम्भिक अध्ययनले देखाएको हो । 
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने भएको छ । कतिपय गौरवका आयोजनाको प्रगति नै हुन नसकेपछि सरकारले पुनरावलोकन गर्ने भएको हो । यस्तै गौरवका आयोजना छनोट गर्न पनि स्पष्ट मापदण्ड बनाइने भएको छ ।
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ]
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ] बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ ।
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन लागेको हो । १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । 
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
Weather Update