दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स
मंगलबार, असोज २९, २०८१

सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु, प्रतिकिलो मूल्य कति ?
आइतबार, असोज २०, २०८१
कम्पनीको थापाथालीस्थित बिक्री केन्द्रबाट आइतबारदेखि एक हजार ५०० खसी, बोका र ३०० च्याङ्ग्राको बिक्री वितरण सुरु गरिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खसी, बोकाको प्रतिकेजी रु छ सय ७० मूल्य तोकिएको छभने त्यसमा रु १० सहुलियत दिई रु छ सय ६० मा बिक्री वितरण सुरु गरिएको उनले...

कैलालीमा गम्बोरोले मरे पाँच हजारभन्दा बढी कुखुरा
शनिबार, असोज १९, २०८१
किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताए । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि...

घट्यो हवाइ भाडा, कहाँ पुग्न कति ?
मंगलबार, भदौ १८, २०८१
न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो। नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
-1725283039.jpeg)
किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई ६० करोड ऋण दिने
सोमबार, भदौ १७, २०८१
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ६० करोड ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो ।

१२७.३२ अंकले बढ्यो नेप्से परिसूचक
सोमबार, भदौ १७, २०८१
साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज १२७.३२ अंक बढेर २८२३.२५ बिन्दुमा नेप्से पुगेको छ ।

डिजेल-पेट्रोलको मूल्य घट्यो
शनिबार, भदौ १५, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो ।

दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन् : कृषिमन्त्री
आइतबार, भदौ ९, २०८१
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।

घट्यो अण्डाको मूल्य
आइतबार, भदौ २, २०८१
अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् । उनका अनुसार असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।

टान निर्वाचनः राजेन्द्र सापकोटाको प्यानलद्वारा उम्मेदवारी घोषणा, के छन् एजेन्डा ?
शनिबार, भदौ १, २०८१
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, साउन ३१, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ ।
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
बिहीबार, साउन ३१, २०८१
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।

करको अन्योल हटाउन रत्ननगरमा अन्तर्क्रिया
मंगलबार, साउन २९, २०८१
आर्थिक विधेक २०८१ ले संसोधन गरेका करको बिषयमा रत्ननगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय चितवनको संयुक्त आयोजनामा आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धी अन्तरक्रिया गरिएको हो ।