Mero Chitwan
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन लागेको हो । १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । 
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।
झण्डै १३ खर्ब पुग्यो सरकारी बेरुजु, एक वर्षमै थपियो ९१ अर्ब
झण्डै १३ खर्ब पुग्यो सरकारी बेरुजु, एक वर्षमै थपियो ९१ अर्ब आर्थिक वर्ष २०८०/८१ मा सरकारी कार्यालयको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रस्तुत गरिएको महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ५ हजार ७५९ सरकारी कार्यालयको लेखापरीक्षण गर्दा एक वर्षमा उक्त परिमाणमा बेरुजु देखिएको हो । 
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा 
गभर्नर बन्ने भएपछि सिफारिस समितिबाट डा पौडेलको राजीनामा  नेपाल राष्ट्र बैंकमा गभर्नरको नाम सिफारिस गर्न गठित सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । यससँगै शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र का‌ंग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिअनुसार अब डा पौडेल नै गभर्नर बन्ने भएका छन् ।
घट्यो पेट्रोल-डिजेलको भाउ
घट्यो पेट्रोल-डिजेलको भाउ इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो
सुनको मूल्य एकै दिन ५७०० ले बढ्यो नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर  चार रुपियाँले घटाउने निर्णय गरेको हो । 
आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति
आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ५ बुँदे सहमति वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट तथा एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच आज भएको वार्तामा सहमति भएको हो ।
अण्डाको मूल्य बढ्यो
अण्डाको मूल्य बढ्यो
नेपाल दोस्रोपटक पर्‍यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा
नेपाल दोस्रोपटक पर्‍यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा फ्रान्सको पेरिसमा आज सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेको हो । 
माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने
माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने दूधको बजारीकरण र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्ने कार्यक्रम छ। एक्स्पोको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन । 
उड्डयन प्राधिकरण टुक्र्याउने गरी संसद्‌मा दुई विधेयक दर्ता
उड्डयन प्राधिकरण टुक्र्याउने गरी संसद्‌मा दुई विधेयक दर्ता नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी सरकारले नागरिक उड्डयनसँग सम्बन्धित दुई विधेयक संसद्‌मा दर्ता गरेको छ ।
Weather Update