अण्डाको मूल्य बढ्यो
मंगलबार, फागुन १३, २०८१

नेपाल दोस्रोपटक पर्यो सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा
शुक्रबार, फागुन ९, २०८१
फ्रान्सको पेरिसमा आज सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रूप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिमपूर्ण सूची (ग्रे) लिस्टमा राखेको हो ।

माघ २७ देखि भरतपुरमा पहिलो राष्ट्रिय दूग्ध प्रदर्शनी २०८१ आयोजना हुने
बिहीबार, माघ २४, २०८१
दूधको बजारीकरण र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गर्ने कार्यक्रम छ। एक्स्पोको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन ।

उड्डयन प्राधिकरण टुक्र्याउने गरी संसद्मा दुई विधेयक दर्ता
आइतबार, माघ २०, २०८१
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी सरकारले नागरिक उड्डयनसँग सम्बन्धित दुई विधेयक संसद्मा दर्ता गरेको छ ।

२३ खर्ब १६ अर्ब ८४ करोड पुग्यो विदेशी मुद्रा सञ्चिति, अहिलेसम्मकै धेरै
आइतबार, माघ २०, २०८१
विदेशी मुद्रा सञ्चिति यो ६ महिनामा मात्रै २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

खाद्य प्रविधि विभागको अनुगमनमा चितवनको सिमीमा सबैभन्दा धेरै विषादी
बुधबार, माघ ९, २०८१
मंगलबार राति गरिएको अनुगमनमा सबैभन्दा धेरै विषादीको मात्रा चितवनको हरियो सिमीमा भेटिएको छ । विभागका अनुसार सो सिमिमा इन्जाइम इन्हिबिशन ४२ प्रतिशतसम्म पाइएको थियो । आलु, प्याज, गोलभेडा, साग, गाँजर सुन्तलालगायत २२ प्रकारका फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरिएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बुधबार, माघ २, २०८१
निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन
आइतबार, पुस २८, २०८१
राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविर मार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।

मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
शुक्रबार, पुस २६, २०८१
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित...

कुलमानलाई हटाउने सरकारको तयारी, उर्जा मन्त्रालयले सोध्यो ९ बुँदे स्पष्टीकरण
सोमबार, पुस २२, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले घिसिङलाई नाै बुँदे स्पष्टीकरण सोधेका हुन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ पेस गर्न भन्दै 'स्पष्टीकरण' सोधेका हुन् ।

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
बुधबार, पुस १०, २०८१
पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो ।

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
शनिबार, पुस ६, २०८१
लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । “परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ”, प्रमुख आचार्यले भने, “सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ...

३ वर्षमा घट्यो टेलिकम सेवा प्रदायकहरुको २१ प्रतिशत आम्दानी
बिहीबार, मंसिर २७, २०८१
अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ ।