Mero Chitwan
राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार

काठमाडौं–  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।

केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update