दशैँअघि नै दूग्ध र उखु किसानले भुक्तानी पाउँछन् : कृषिमन्त्री
आइतबार, भदौ ९, २०८१
घट्यो अण्डाको मूल्य
आइतबार, भदौ २, २०८१
अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका हुन् । उनका अनुसार असार अन्तिम सातामा ठूलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा हाल प्रतिक्रेट २० रुपैयाँले घटेर पाँच सय रुपैयाँ भएको छ ।
टान निर्वाचनः राजेन्द्र सापकोटाको प्यानलद्वारा उम्मेदवारी घोषणा, के छन् एजेन्डा ?
शनिबार, भदौ १, २०८१
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभामार्फत् नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदवारी घोषणा...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, साउन ३१, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ ।
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
बिहीबार, साउन ३१, २०८१
धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।
करको अन्योल हटाउन रत्ननगरमा अन्तर्क्रिया
मंगलबार, साउन २९, २०८१
आर्थिक विधेक २०८१ ले संसोधन गरेका करको बिषयमा रत्ननगरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय चितवनको संयुक्त आयोजनामा आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
महसुल नतिर्ने उद्योगीलाई कुलमानको चेतावनी-अदालतले बिल उठाउ भनेको छ, राज्यको राजस्व छाडिदैन
शुक्रबार, साउन २५, २०८१
डेडिकेटेड’ एवं ‘ट्रङ्क’ लाइन महशुल विवादका सम्बन्धमा उद्योगीहरू कानुनी बाटोमा नआएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । प्राधिकरणले जारी गरेको बिलमा कुनै गुनासो रहेको भए प्राधिकरणकै पुनरावलोकन समिति समक्ष निवेदन दिनुपर्नेमा उद्योगीहरूले त्यसो नगरेको जनाएको छ ।
चितवनमा बढ्यो धान खेतीको क्षेत्रफल
शुक्रबार, साउन १८, २०८१
चितवनमा वर्षे धान खेतीको क्षेत्रफल बढेको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गतवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएकोमा यस वर्ष हाल सम्म २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।
दुईवटा सर्किट ब्रेकसँगै ११३ अंकले बढ्यो नेप्से
आइतबार, साउन १३, २०८१
मौद्रिक नीतिपछिको पहिलो कारोबार दिनमा आइतबार खुलेको सेयर बजार परिसूचक नेप्से दुईपटकको सर्किट ब्रेकसँगै ११३.४२ अंकले बढेको छ । ४.४१ प्रतिशतले बढेको नेप्से २,६८१.५६ विन्दुमा रोकिएको छ ।
विश्वप्रसिद्ध चेन होटल हिलटन काठमाडौंमा सुरु [तस्बिरहरु]
शुक्रबार, साउन ११, २०८१
नक्सालमाा निर्माण भएको यो होटल शङ्कर ग्रुपले आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ ।
निर्माण व्यवसायीलाई राहत दिने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक [पूर्णपाठसहित]
शुक्रबार, साउन ११, २०८१
मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ ।
मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलनदर घटाइयो
शुक्रबार, साउन ११, २०८१
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप सङ्कलनदर घटाएको छ
इजरायलले नेपालबाट दुई हजार ‘केयरगिभर’ लैजाँदै
सोमबार, साउन ७, २०८१
इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।


