लगानी सम्मेलन आजदेखि, १५१ परियोजना सोकेसमा
आइतबार, वैशाख १६, २०८१
फुडमान्डु अब चितवनमा पनि
शुक्रबार, वैशाख १४, २०८१
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् चितवनवासीले समेत अनलाइनबाटै खानेकुराको अर्डर गर्न सकिने जानकारी दिएको हो ।
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
शुक्रबार, वैशाख १४, २०८१
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
किन रोक्यो भारतले नेपाली चियाको निर्यात ?
शुक्रबार, वैशाख ७, २०८१
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो ।
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना प्रस्तुत गरिँदैछन् ?
बिहीबार, वैशाख ६, २०८१
यही वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनमा शो केस (प्रदर्शन)मा राखिने आयोजनामा चितवनका आयोजना पनि परेका छन् ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
सोमबार, वैशाख ३, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम
बुधबार, चैत २८, २०८०
भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरेको छ ।
अण्डाको नयाँ बिक्री मूल्य तोकियो,कुन साइजको कति ?
बुधबार, चैत २१, २०८०
अण्डाको नयाँ बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हाे ।
पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो
आइतबार, चैत १८, २०८०
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन
बुधबार, चैत ७, २०८०
अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा सङ्कल्पसमेतलाई हेरेर आवश्यकताका आधारमा संशोधन गरिने बताउनुभएको छ
७९ करोड मागदाबीसहित विभिन्न फर्म तथा व्यवसायीहरू विरुद्ध मुद्दा दायर
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
आइतबार, चैत ४, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् ।
लगानीकर्ताको पैसा नडुब्ने क्षेत्रहरुमा लगानी गर्नुहोस् : अर्थमन्त्री पुन
आइतबार, चैत ४, २०८०
अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानीकर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्


