रुसद्वारा इस्टरका अवसरमा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
एजेन्सी — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्टरका अवसरमा युक्रेनमा अस्थायी युद्धविराम घोषणा गरेका छन् । रुसी सेनाले स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातसम्म सबै सैन्य कारबाही रोक्नेछ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको टेलिग्राम च्यानलमार्फत जारी गरिएको वक्तव्यमा पुटिनले युक्रेनी पक्षले पनि सोहीअनुसार कदम चाल्ने अपेक्षा गरेका छन् ।
यदि युक्रेनले युद्धविराम उल्लंघन वा कुनै प्रकारको उकास्ने कार्य गर्यो भने रुसले जवाफी कारबाही गर्ने पुटिनले चेतावनीसमेत दिएका छन् । युद्धविराम निर्णयबारे युक्रेनी पक्षको प्रतिक्रिया भने आइसकेको छैन ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ २२:१८
प्रतिक्रिया दिनुहोस्