Mero Chitwan
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको सेभेन ‘ए’ साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा २४.७५ करोडमा बिक्री भएपछि अहिलेसम्मकै महँगा खेलाडी बनेका हुन् । आइपीएल अक्सनमा उनले अस्ट्रेलियाकै प्याट कमिन्सको रेकर्ड तोडेका हुन्। 
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ इलामको सामना गर्ने तालिका रहेको छ ।
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन । 
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो । 
मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान'
मधेस प्रदेशले जित्यो केपी ओली कप, बागमतीका रित गौतम ‘बेस्ट ब्याट्सम्यान' आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो । 
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा गालातासारेसँग ३–३ को बराबरी खेलेपछि बाहिरिने डर तयार भएको हो ।
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ ।
Weather Update