आइसिसी अध्यक्ष नेपालमा, क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
मंगलबार, चैत ६, २०८०
बुढासुब्बा गोल्डकप : चौध वर्षपछि एनआरटीले जित्यो उपाधि
शनिबार, चैत ३, २०८०
२४ औं बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।
दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयको निर्देशन
शुक्रबार, चैत २, २०८०
दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलकुद बाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद परिषद्लाई निर्देशन जारी गरेको हो
फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित
बुधबार, फागुन ३०, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो
त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
झापा गोल्डकपको च्याम्पियन बन्यो चर्च ब्वाइज
सोमबार, फागुन २८, २०८०
विर्तामोडस्थित डोमालाल रङ्गशालामा यही फागुन १९ गतेदेखि सुरु भएको गोल्डकपको आज भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । विजयी बनेसँगै चर्च ब्वाइजले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ ।
मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
शनिबार, फागुन २६, २०८०
मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो
एपीएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा
शुक्रबार, फागुन २५, २०८०
झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
बिहीबार, फागुन २४, २०८०
बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन्।


