Mero Chitwan
सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने, राज शाही वारियर्समा आबद्ध

काठमाडौं । स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग-बीपीएल खेल्ने भएका छन् । 

सन्दीपलाई राज शाही वारियर्सले आबद्ध गरेको हो । राज शाहीले आइतबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्धन गरेको जानकारी दिएको हो । यो टिममा न्युजील्यान्डका जिम्मी निसम पनि छन् । निसमले शनिबार सम्पन्न दोस्रो सिजनको नेपाल प्रिमियर लिग-एनपीएलमा पोखरा एभेन्जर्सबाट खेलेका थिए । 

सन्दीप यो सिजन एनपीएलको सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनको कप्तानीमा रहेको विराटनगर किंग्स क्वालिफायर दुईमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । सन्दीपले यसअघि सन २०१८-१९ को सिजनमा सिलेट सिक्सर्स बाट बीपीएल खेलेका थिए ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update