Mero Chitwan
तत्कालीन अर्थ समितिका सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दाबीसमेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update