एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
सोमबार, फागुन २८, २०८०

प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
शनिबार, फागुन २६, २०८०
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् ।

कांग्रेसले गर्यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय
शनिबार, फागुन २६, २०८०
नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार
शुक्रबार, फागुन २५, २०८०
केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् ।
२०७४ मा म पराजित हुँदा माडीलाई ठूलो घाटा भयो : विक्रम पाण्डे
बिहीबार, फागुन २४, २०८०
चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वमन्त्री विक्रम पाण्डेले '२०७४ को संसदीय चुनावमा आफू पराजित हुनु माडीका लागि ठूलो घाटा' भएको बताएका छन् ।

म बेदाग भएर खुसीसाथ मन्त्रालयबाट निस्किए : पूर्व मन्त्री किराती
बिहीबार, फागुन २४, २०८०
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किरातीले आफूमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो। उहाँले आफू मन्त्रालयबाट बेदाग भएर खुसीसाथ निस्किएको बताउनुभयो

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल
बिहीबार, फागुन २४, २०८०
दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेकाले नयाँ सत्ता गठबन्धन बनाउनु परेको पनि बताए । 'महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो' प्रधानमन्त्री दाहालले भने,'माओवादी आन्दोलनको बिद्रुपीकरण गरियो ।

जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री
बिहीबार, फागुन २४, २०८०
जनता समाजवादी पार्टी (जसपा) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाे हाे । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
बिहीबार, फागुन २४, २०८०
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ?
बुधबार, फागुन २३, २०८०
नवनियुक्त मन्त्रीहरुले बुधबारै आ–आफ्ना मन्त्रालयमा गएर पद सम्हालेका छन् । उनीहरुले पदभार ग्रहण गर्नेक्रममा विभिन्न निर्णय गरेका छन् । के हुन् त ती निर्णय ?