राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल बहुमतले निर्वाचित
मंगलबार, फागुन २९, २०८०
युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
मंगलबार, फागुन २९, २०८०
यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन हुन लागेको हो
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षको प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ । गठबन्धनको साथ पाएका दाहालले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय
सोमबार, फागुन २८, २०८०
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी
सोमबार, फागुन २८, २०८०
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको आफ्ना सासंदलाइ ह्वीप
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले आफ्ना सबै सांसदलाई ह्विप जारी गरेको छ
एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
सोमबार, फागुन २८, २०८०
नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन्। एमाले गोरखाको आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले पराजित गरेका हुन्
प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि सङ्घीय संसद् सचिवालयलाई आज पत्र पठाएको छ ।
परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ
शनिबार, फागुन २६, २०८०
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् ।
कांग्रेसले गर्यो राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय
शनिबार, फागुन २६, २०८०
नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरेको हो
सुदूरपश्चिम सरकार जोगाउने मुख्यमन्त्रीको प्रयास, नागरिक उन्मुक्तिलाई लिएर मन्त्रिपरिषद् बिस्तार
शुक्रबार, फागुन २५, २०८०
केन्द्रमा नेपाली कांग्रेस सत्ता गठबन्धनबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार जोगाउने प्रयास गरेका छन् ।

