Mero Chitwan
कोशी प्रदेशको नाम फेर्ने तयारी,संघर्ष समितिसँग ५ बुँदे सहमति

मोरङ-कोशी प्रदेशको पुनः नामाङ्कनका लागि प्रदेश सरकार सकारात्मक भएको छ ।
सरकार र नामकरण संघर्ष समितिबीच आज विराटनगरमा भएको वार्तामा प्रदेशको पुनः नामाङ्कन गर्न पहल गर्ने सहमति भएको हो ।

वार्तामा भएको सहमति मन्त्रिपरिषद्‍मा पेस गर्ने र प्रदेश सभामा लैजाने समझदारी छ ।

यसैगरी, आन्दोलनका क्रममा पक्राउ परेकाहरुको मुद्दा फिर्ता, घाइतेहरुको उपचार तथा क्षतिपूर्तिका लागि सरकारले प्रकृया अघि बढाउने पनि सहमति भएको हो ।

कोशी प्रदेश सरकार र नामाकरण संघर्ष समितिबीचको वार्तामा निम्न पाँच बुँदे सहमति भएको छ ।

Messenger_creation_1606bee7-8b6f-47fd-b6ae-13cf9c3e507c-1707471467.jpeg

Messenger_creation_04e5d41a-3051-4e9f-a362-e751cd2ecb26-1707471154.jpeg

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update