Mero Chitwan
चितवनमा पनि रोकिएको छैन कलिलै उमेरमा आमा बन्ने क्रम
चितवनमा पनि रोकिएको छैन कलिलै उमेरमा आमा बन्ने क्रम    कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् । मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ ।
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन आज
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक महोत्सवको उद्घाटन आज  तामाङ समुदायको गौरव र गरिमा बोकेको ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को आज (बुधबार) बाट सुरु हुँदैछ ।  राप्तीका तामाङहरुबाट सुरु गरिएको महोत्सवको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्ने भएका छन्
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै 
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै  पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ । 
इतिहासमा आज
इतिहासमा आज आज ७ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
नारायणगढ–बुटवल सडकखण्ड  विस्तार कछुवा गतिमा,  पाँच वर्षमा ४६ प्रतिशतमात्र प्रगति
नारायणगढ–बुटवल सडकखण्ड  विस्तार कछुवा गतिमा,  पाँच वर्षमा ४६ प्रतिशतमात्र प्रगति पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७५ माघ २४ मा सम्झौता गरेको थियो । 
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई गर्भावस्थामा महिलाको शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ। यो समस्या समाधानका लागि महिलाहरु अक्सर औषधि लिन्छन्। तर के तपाईलाई थाहा छ ? गर्भावस्थापछि हर्मोनल परिवर्तनहरू ठीक गर्न केही प्राकृतिक विधि अपनाउनु पनि...
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु  बने मलामी
बिहेको अघिल्लो दिन अर्नाको आक्रमणबाट बेहुलीको मृत्यु, निम्तालु बने मलामी तर रञ्जुकुमारीको डोलीको साटो अर्थी उठ्यो घरबाट । रञ्जुकुमारी जन्मिएको घरबाट बिदा त भइन् तर कहिल्यै नफर्किने गरी ।  गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उनको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ । 
नागढुङ्गा सुरुङ ब्रेक थ्रू हुन अब ३० मिटरमात्र बाँकी
नागढुङ्गा सुरुङ ब्रेक थ्रू हुन अब ३० मिटरमात्र बाँकी  चार वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७६ सालमा  निर्माण थालिएको साढे दुई किलोमिटर लामो नागढुंगा-सिस्नेखोला सुरुङ मार्गको ब्रेक थ्रु हुन अब करिब ३० मिटर मात्र बाँकी छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । 
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?   नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र...
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त पाण्डेय सिफारिस हुँदा संसद्को सचिव पदमै कार्यरत भएको भन्दै महासचिव नियुक्त गर्न नमिल्ने अडान राष्ट्रपति कार्यालयले राखेको थियो । तर पाण्डेयले आजै सचिवबाट राजीनामा दिएपछि उनलाई महासचिवमा नियुक्त गरिएको हो ।
यो वर्षको ६ महिनामै मरे ११ गैँडा
यो वर्षको ६ महिनामै मरे ११ गैँडा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
Weather Update