Mero Chitwan
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । 
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत
अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले आज प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । 
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
थमन विक हत्या मुद्दा :  एमाले  सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ
थमन विक हत्या मुद्दा : एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
ओलीमाथि धनकुटामा हातपात
ओलीमाथि धनकुटामा हातपात नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात गरेको देखिएको छ । 
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता
विश्वसनीयता र सही सूचना हाम्रो प्राथमिकता अनलाइनको यो भीडमा हामी पनि मिसिन आइपुगेका छौं । देशका सार्वजनिक चासोका विषयबाहेक हाम्रो मुख्य प्राथमिकता चितवनको विकास हुनेछ । ‘हाम्रो चितवन : मेरो चितवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामी सामग्री पस्कनेछौं
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस
अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस अध्ययनकर्ताका अनुसार एक पटक कोरोना संक्रमण भएमा लामो समयपछि पनि शरीरमा यसको प्रभाव देख्न सकिन्छ। यो संक्रमण फोक्सोमा कम्तीमा १८ महिनासम्म रहन सक्छ। इन्स्टिच्युट पोस्ट्युर तथा फ्रेन्च पब्लिक रिसर्च इन्स्टिच्युट र एटोमिक इनर्जी कमिसनले गरेको अध्ययनमा कोरोना संक्रमित केही जनावरको नमूना लिइएको थियो ।
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण 
दाहाल नेतृत्वको सरकार संकटमा छ भन्ने संकेत गर्ने यी हुन् ४ कारण  यादवले सत्ता गठबन्धनलाई ५३ बुँदे सुझाव बुझाएका छन् । जसमा संविधान संशोधनका लागि आयोग गठनदेखि प्रदेशलाई क्षेत्राधिकारका विषय उठाइएका छन् । यादवले उठाएका संविधान संशोधनका माग पूरा गर्न दाहाल र गठबन्धन तत्काललाई तयार हुने देखिन्न । यसले पनि सरकारमाथि संकट थप्ने देखिन्छ । 
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित]
मेनुकाले गाएको पहिलो बलिउड गीत सार्वजनिक [भिडियोसहित] भारतीय रियालिटी शो इण्डियन आइडलको टप १४ मा परेर वाहवाही बटुलिरहेकी नेपाली गायिका मेनुका पौडेलले बलिउडमा इन्ट्री गरेकी छन् । उनले बलिउडको ब्लकबस्टर फिल्म ‘केजीएफ’ का निर्देशक प्रशान्त नीलले निर्माण गरिरहेको फिल्म ‘सालार’ मार्फत् बलिउडमा प्रवेश पाएकी हुन् । 
Weather Update