Mero Chitwan
इतिहासमा आज : कोसोभो स्वतन्त्र घोषणा

काठमाडौं–आज फेब्रुअरी १७ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?

१९७९ : भियतनाम युद्धपछि भियतनामले सोभियत संघसँग सम्बन्ध बढायो, जसका कारण चीनले भियतनाममा आक्रमण गर्‍यो ।

२००८ : कोसोभोले सर्बियाबाट स्वतन्त्र भएको घोषणा गर्‍यो । तर धेरै देशले मान्यता दिन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय न्याय अदालतले कोसोभोले कुनै पनि कानुन उल्लंघन नगरेको भन्दै आदेश दियो ।

१९८० : सगरमाथाको पहिलो शीतकालीन आरोहण । क्रिजिस्तोफ विलिकि र लेस्जेक सिची नामका आरोहीले सफल आरोहण गरेका हुन् । 

१९९६ : इण्डोनेसियामा आएको भूकम्प र सुनामीका कारण १०८ जनाको मृत्यु । 

१९५५ : बेलायती रक्षामन्त्री ह्यारोल्ड म्याकमिलनले हाइड्रोजन बम बनाउने घोषणा गरे । 

१९५९ : मौसमसम्बन्धी जानकारी लिन पहिलोपटक भूउपग्रह प्रक्षेपण । 

१८०१ : थोमस जेफर्सन अमेरिकाका राष्ट्रपति निर्वाचित । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update